१९ असार २०८३, शुक्रबार | July 3, 2026

नाउपा सांसद धर्मबहादुर चौधरी उज्यालो नेपाल पार्टीमा प्रवेश



बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री धर्मबहादुर चौधरी उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट बर्दिया-२ (ख) निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले नाउपा अध्यक्ष रञ्जीता श्रेष्ठले पार्टीलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित गरेपछि आफू उज्यालो नेपाल पार्टीमा आबद्ध भएको बताएका छन् ।

चौधरीले अब बर्दिया-२ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारीसमेत गरिरहेको जानकारी दिएका छन् ।

उनको पार्टी परिवर्तनसँगै लुम्बिनी प्रदेशसभा सदस्य पदको हैसियत के हुने भन्ने विषयमा प्रश्न उठेको छ । हाल नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेशसभामा चार जना सांसद रहेका छन् ।

चौधरीको उज्यालो नेपाल पार्टी प्रवेशलाई प्रदेशको राजनीतिक समीकरणमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १२ : ३४ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०

प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्चका रजिष्ट्रार कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि