२६ जेष्ठ २०८३, मंगलबार | June 9, 2026

माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस



काठमाडौं । सरकारले राष्ट्रियसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले माघ ४ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान र अन्त्य गर्छन् । प्रतिनिधिसभाको अवधि सकिए वा विघटन भएपनि राष्ट्रियसभा अविच्छिन्न रुपमा रहिरहन्छ ।

गत भदौ २३/२४ मा भएको जेनजी विद्रोहपछि राष्ट्रियसभाको बैठक पहिलोपटक बस्न लागेको हो । भदौ २४ गते प्रदर्शनकारीले संघीय संसद भवनलाई आगो लगाएर ध्वंस गरेका थिए । त्यसपछि बनेको नयाँ अन्तरिम सरकारले भदौ ३१ गते राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

आफ्नो भवन नरहेका कारण यसपटक राष्ट्रियसभाको बैठक सिंहदरबारस्थित पुरानो राष्ट्रियसभा भवनमा बस्ने भएको छ ।

 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ०७ बजे

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी

पोखरा । पर्यटनको राजधानी पोखरा महानगरपालिका, धार्मिक तथा सांस्कृतिक महत्त्व

नि:शुल्क शल्यक्रिया गरेर हनुमान महोत्सव

नेपालगन्ज । जेठ महिनाको अन्तिम मंगलवार अर्थात हनुमान महोत्सवको अवसरमा

पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ

काठमाडौं । प्रहरीले आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सुनको सिक्री लुटपाट

कर हेरफेर र ईभी गाडी आयातमा अनियमितता नभएको अर्थ मन्त्रालयको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले आर्थिक विधेयक संशोधन