२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै



नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ को तयारी पुरा भएको छ । मेला उदघाटनको पूर्वसन्ध्यामा आयोजकले पत्रकार सम्मेलन गर्दै व्यापार महोत्सवको तयारी पूरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मूल समितिका संयोजक समरबहादुर खत्रीले महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सिता चौधरीले गर्ने जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा बाँकेको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह–आयोजनामा महोत्सव आयोजना हुन लागेको हो ।

स्थानीय उत्पादनको प्रवद्र्धन, घरेलु तथा साना उद्योगको बजार विस्तार, कृषि तथा पर्यटन क्षेत्रको विकास र उपभोक्तालाई नयाँ प्रविधिसँग परिचित गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको संयोजक खत्रीले बताए । “महोत्सवलाई सबै वर्ग र समुदायको साझा उत्सव बनाउने हाम्रो प्रयास हो,” संयोजक खत्रीले बताए । उनले नेपालगन्जमा स्थायीरुपमा प्रदर्शनीस्थल नभएका कारण स्थान प्राप्त गर्नकै लाथि ठुलो मेहनत गर्नुपरेको दुखेसो पोखे ।

स्थानीय व्यवसायी, उद्योगी, कृषक तथा सर्वसाधारणलाई महोत्सवमा सहभागी भई लाभ लिन आयोजकले आग्रहसमेत गरेको छ । महोत्सवमा प्रवेश शुल्क सर्वसाधारणको लागि १०० राखेको छ । महोत्सवले नेपालगन्जको आर्थिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ ।

पुष ३० गतेदेखि माघ १० गतेसम्म नेपालगन्जको सडक डिभिजन परिसरमा सञ्चालन हुनेमहोत्सवमा २०० बढी स्थानीय उत्पादनहरुको स्टलहरु रहने आयोजकहरुले जनाएका छन् ।

आयोजहरुका अनुसार व्यापारिक तथा मनोरञ्जनात्मक दृष्टिले महोत्सव थप आकर्षक बनाउन लण्डन ब्रिज, जलपरी, फिस टनेल जस्ता विशेष संरचना निर्माण गरिएको छ । साथै विभिन्न प्रकारका व्यापारिक स्टल, घरेलु तथा साना उद्योगका उत्पादन, कृषि सामग्री, सूचना प्रविधिसम्बन्धी सामाग्री महोत्सवमा प्रदर्शन गरिनेछ ।

महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक रमेश राज भट्टराई, गायक कमल बिसी माल्दाइ, गायीका सृजना खत्री, लोकप्रिय गायिका शान्ति श्री परियार, गायक टक तिमिल्सेना, गायीका प्रीति आले, गायक बद्री पंगेनीलगायत दुई दर्जनभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति दिने तय भइसकेको महोत्सवको साँस्कृतिक उपसमितिले जनाएको छ । महोत्सव अवधिभर विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता पनि आयोजना गरिनेछ । प्रतियोगिता माघ ४ गतेदेखि सुरु हुने र सहभागिताका लागि निःशुल्क फारम भर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । यसले बालबालिका तथा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

थारु गाउँको झल्को दिने संरचना समेत निर्माण गरिएको हुँदा दर्शकले स्थानीय संस्कृतिको अवलोकन गर्न सक्नेछन् । थारु गाउँमा थारु परिकारको श्वाद समेत लिन सकिने आयोजकले जनाएको छ ।

उद्घाटन पूर्व विभिन्न समुदायको झाँकीसहितको सांस्कृतिक ¥याली धम्बोझी चोकबाट सुरु भई पुष्पलाल चोक, कारकाँदो चोक हुँदै सडक डिभिजन परिसरमा पुगेपछि महोत्सवको औपचारिक उदघाटन् गरिने संयोजक थापाले बताए । आयोजकले महोत्सव १० दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १० : २७ बजे

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बागलुङमा मतदान अधिकृतको जिम्मेवारी खोसियो

बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा बागलुङमा खटिएका एक मतदान

निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण

बाँकेमा निर्वाचनको पूर्व तयारी सम्पन्न, मतगणना स्थलमा तारजालीको घेराबन्दी (फोटोफिचर)

नेपालगन्ज । बाँकेमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा