११ असार २०८३, बिहिबार | June 26, 2026

माघे सङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड



तनहुँ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला भर्न भक्तजनको भीड लागेको छ । देवघाटधाममा बुधबार रातिदेखि नै भक्तजन आउन थालेका हुन् ।

बुधबार दिउँसो वेणीसङ्गममा लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । बुधबार रातिदेखि नै देवघाटमा भक्तजनको भीड बढेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए ।

यस वर्ष तीन लाख भक्तजनले माघेसङ्क्रान्ति मेला भर्ने अनुमान गरिएको बरालले बताए । माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहेको छ । साथै पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन पनि मकर सङ्क्रान्तिको दिन नै भएको मानिन्छ ।

मेलाको अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर-ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र फर्कदा देवघाट-बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको बरालले जानकारी दिए ।

नवलपुरतर्फका भक्तजनहरु हर्दीको कालीगण्डकीको पुल तरेर देवघाट आउन सक्छन् । साथै मुग्लिनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र फर्कदा सोही बाटोबाट फर्किने व्यवस्था मिलाइएको छ ।

चितवनतर्फ सवारीसाधनको पार्किङका लागि साना सवारीसाधनको लागि सीताराम संस्कृत माविको कम्पाउण्डभित्र व्यवस्था मिलाइएको छ भने ठूला सवारीसाधन (बस, मिनीबस, माइक्रो) आदिको पार्किङ व्यवस्था दाहसंस्कार स्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार)देखि उत्तर पूर्वक्षेत्रमा रहेको बसपार्कमा सवारीसाधनलाई सहज रुपमा पार्किङको व्यवस्था मिलाइएको छ ।

तनहुँतर्फ पैदलमार्गबाट प्रवेश गर्दा पुलको मुख, हरिहर चोक, हरिहर मन्दिर, गलेश्वर चोक हुँदै वेणीसङ्गम र फर्कदा वेणीसङ्गम, गलेश्वर आश्रम, गलेश्वर चोक, चक्रवर्ती मन्दिर, महेश सन्यास आश्रम, टाउन चोक, हरिहर चोक हुँदै पुलको मुख निस्कने रुट कायम गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिले तीर्थयात्रीहरुको यात्रासरल, सहज, सुविधाजनक र सुरक्षित होस् भन्ने उद्देश्यले तनहुँ, चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाका प्रमुखसँग समन्वय गरेको विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले जानकारी दिए । उक्त दिन ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ ।

तीर्थस्थलमा धुमपान, मांस-मदिरा एवं सुर्तीजन्यपदार्थहरु निषेध गरिएको छ । तसर्थ उक्त वस्तुहरु बिक्री वितरण ओसारपसार एवं सेवन कार्य नगरी सहयोग पुर्‍याउन आग्रह गरिएको छ । वेणीमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ८ : २६ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा