२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

२४ औँ स्थापना दिवसमा कपिलवस्तुका १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण



कपिलवस्तु । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले आफ्नो २४ औँ स्थापना दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका-११ स्थित श्री हेमराज माध्यमिक विद्यालयमा अध्ययनरत १०१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

कार्यक्रम रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष आविष्कार खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थी रहेका थिए ।

कार्यक्रममा विशेष अतिथिका रूपमा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष तथा रोट्रयाक्टका पूर्व अध्यक्ष बाबुराम बन्जाडे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद चौधरी सहभागी थिए । यस्तै, अतिथिहरूमा विद्यालयका निमित्त प्रधानाध्यापक झविन्द्र प्रसाद खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष खिमराज बेलबासे, विद्यालय व्यवस्थापन समिति सदस्य बिमला चौधरी, वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अन्य सदस्य तथा विद्यालयका शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा अध्यक्ष सल्लाहकार लक्ष्मण पन्थीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । मन्तव्यका क्रममा प्रमुख अतिथि विष्णु पन्थीले विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित यस्ता सामाजिक कार्यक्रमहरूले उनीहरूको आत्मविश्वास बढाउने र शिक्षाप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै रोट्रयाक्ट क्लबको सामाजिक सेवाप्रतिको प्रतिबद्धताको प्रशंसा गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद चौधरीले विद्यालयलाई गरिएको सहयोगका लागि क्लबप्रति आभार व्यक्त गर्दै यस्ता साझेदारीहरूले विद्यालयको शैक्षिक वातावरण र गुणस्तर सुधारमा सहयोग पुग्ने बताए ।

क्लब अध्यक्ष आविष्कार खनालले मन्तव्य राख्दै रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य र युवा सशक्तीकरणका क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको उल्लेख गरे ।

सोही अवसरमा क्लबको ३४१ औँ नियमित बैठक विद्यार्थीहरूकै बीचमा सम्पन्न गरिएको थियो भने केक काटेर २४ औँ स्थापना दिवस उत्साहपूर्वक मनाइएको थियो ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष बाबुराम बन्जाडेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद चौधरीलाई रोटरी चारसूत्रीय कसि ब्यानर प्रदान गरेका थिए ।

कार्यक्रम सफल बनाउन स्व. हजुरबुवा गंगाराम बन्जाडेको स्मृतिमा नाति योगेश बन्जाडेबाट जन्मदिनको अवसरमा सरला बन्जाडेले सहयोग प्रदान गरेका थिए । साथै रमेश शर्मा, लेखनाथ पौडेल तथा धना पौडेल, चन्दन सिजाली, स्वस्ती धिताल, हिमा पोखरेल, शैलेन्द्र यादव र सुनिता के.सी. लगायतका सहयोगीहरूको महत्वपूर्ण योगदान रहेको क्लबले जनाएको छ ।

रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायका बालबालिका र युवाको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ । कार्यक्रमको सञ्चालन क्लबका सचिव केशव पौडेलले गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ६ : ०७ बजे

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

बुटवल । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बागलुङमा मतदान अधिकृतको जिम्मेवारी खोसियो

बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा बागलुङमा खटिएका एक मतदान

निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण