११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

नेपालगन्ज व्यापार महोत्सवमा दर्शकको घुँइचो



नेपालगन्ज । नेपालगन्जमा जारी आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ मा उल्लेख्य दर्शकको उपस्थिती देखिएको छ । बुधबारबाट सुरु भएको महोत्सवको दोस्रो दिन दर्शकको उल्लेख्य उपस्थिती देखिएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको महोत्सवको आज सार्वजनिक बिदा परेका कारण दर्शकको उपस्थिती बढेको आयोजकहरुले बताएका छन् ।

आज महोत्सवमा चर्चित गायक राज कुश्मी र गायीका सपना शाहीको प्रस्तुती रहेको थियो । गायक राज कुश्मीको एकपछि एक चर्चित गितहरु प्रस्तुत गरेपछि दर्शकहरु झुमि झुमि नाचेका थिए ।

यस्तै चर्चित गायीका सपना शाहीले पनि आफ्ना चर्चित गीत प्रस्तुत गरेर दर्शकहरुलाई नचाउन सफल भएकाी थिइन् । गायीका सपना शाहीले दर्शकहरुलाई देउडा गीत गाएर देउडा समेत खेलाएकी थिइन् । उहाँको गीतमा दर्शकहरु गोलबद्ध भई देउडा खेलेका थिए ।

महोत्सवमा लण्डन बृज, जल परि, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने व्यवस्था गरिएको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए । सांस्कृतिक संयोजक मिना डाँगीका अनुसार महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता माघ ४ गतेदेखि संचालन हुने छ जसको लागि निशुल्क फारम भर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ८ : ५८ बजे

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले

असिनाको असर : ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको