२ माघ २०८२, शुक्रबार | January 16, 2026

नेपालगन्ज व्यापार महोत्सवमा दर्शकको घुँइचो



नेपालगन्ज । नेपालगन्जमा जारी आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ मा उल्लेख्य दर्शकको उपस्थिती देखिएको छ । बुधबारबाट सुरु भएको महोत्सवको दोस्रो दिन दर्शकको उल्लेख्य उपस्थिती देखिएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको महोत्सवको आज सार्वजनिक बिदा परेका कारण दर्शकको उपस्थिती बढेको आयोजकहरुले बताएका छन् ।

आज महोत्सवमा चर्चित गायक राज कुश्मी र गायीका सपना शाहीको प्रस्तुती रहेको थियो । गायक राज कुश्मीको एकपछि एक चर्चित गितहरु प्रस्तुत गरेपछि दर्शकहरु झुमि झुमि नाचेका थिए ।

यस्तै चर्चित गायीका सपना शाहीले पनि आफ्ना चर्चित गीत प्रस्तुत गरेर दर्शकहरुलाई नचाउन सफल भएकाी थिइन् । गायीका सपना शाहीले दर्शकहरुलाई देउडा गीत गाएर देउडा समेत खेलाएकी थिइन् । उहाँको गीतमा दर्शकहरु गोलबद्ध भई देउडा खेलेका थिए ।

महोत्सवमा लण्डन बृज, जल परि, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने व्यवस्था गरिएको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए । सांस्कृतिक संयोजक मिना डाँगीका अनुसार महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता माघ ४ गतेदेखि संचालन हुने छ जसको लागि निशुल्क फारम भर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ८ : ५८ बजे

पार्टीको आधिकारिकताबारे दबाब र प्रभावमा परेर निर्णय नगर्न आयोगलाई देउवा कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

आयोगमा गगन कांग्रेसको दाबी – विधान अनुसार विशेष महाधिवेशन भएको हो, हामी नै आधिकारिक हौं

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा पक्षीय विशेष महाधिवेशनबाट उपसभापतिमा

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

निर्वाचन तोकिएकै समयमा हुन्छ : प्रचण्ड

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको राजीनामा

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट