२७ भदौ २०८३, शनिबार | September 13, 2026

बच्छलेश्वरी जात्रा सञ्चालनको अभिन्न अङ्ग १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुनर्निर्माण सुरु



काठमाडौं । काठमाडौं महानगरपालिकाले प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै एक सय ५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुनर्निर्माण सुरु गरेको छ । काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति क्षेत्र)मा एक सय ५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको सोमबारबाट पुनर्निर्माण सुरु भएको छ ।

कामपा वडा नं ८ का अध्यक्ष एवं कामपाको सम्पदा तथा पर्यटन समिति संयोजक आशामान सङ्गतले जगपूजा गर्दै पुनर्निर्माणको काम प्रारम्भ गर्नुभएको हो । नेपाल संवत् ९९५ मा निर्माण भएको यो फल्चा (पाटी)को ऐतिहासिक र धार्मिक विरासतलाई जोगाउन वडाले करिब रु १३ लाख ७० हजार लागतमा फल्चा पुनर्निर्माण थालेको संयोजक सङ्गतले जानकारी दिए ।

पुनर्निर्माणका क्रममा प्राचीनता र कलात्मकतामा परिवर्तन नआउनेगरी काम गरिने वडाध्यक्ष सङ्गतले जानकारी दिए । यो फल्चा केवल विश्रामस्थल मात्र होइन । पाशुपतको महत्त्वपूर्णमध्येको एक बच्छलेश्वरी जात्रा सञ्चालनको अभिन्न अङ्ग हो । अध्यक्ष सङ्गतका अनुसार पहिले बच्छलेश्वरी जात्राको रथ उठाउने समयमा यही फल्चामा गणेश र कुमारीलाई राखेर विशेष पूजा गर्ने परम्परा थियो ।

फल्चामा कुमार र कुमारीको पूजा गरी त्यहाँ चढाइएको प्रसाद बालबालिकाहरूलाई खुवाउने चलन थियो । यसरी चढाइएको खुवाउँदा ‘बोल्न नसक्ने वा ढिलो गरी बोल्ने’ बालबालिकाको स्वर खुल्छ भन्ने जनविश्वास छ । यो जनविश्वाशलाई जीवन्त राख्न, सांस्कृतिक तथा सामाजिक कडीलाई बचाउन फल्चा पुनर्निर्माण थालिएको कामपाले जनाएको छ ।

फल्चाको पुनर्निर्माणले ग्वलः क्षेत्रको ऐतिहासिकता र मौलिकतालाई कायम राख्न ठूलो भूमिका खेल्ने विश्वास कामपाको छ । यससँगै स्थानीयले बिलाउँदै, हराउँदै गएको एउटा महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक भौतिक संरचना पुनः प्राप्त गर्ने संयोजक सङ्गतको भनाइ छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : १६ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित