२७ भदौ २०८३, शनिबार | September 13, 2026

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर



झापा । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ ।

झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकमार्गमा गएराति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको छ ।

झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र खड्काका अनुसार बिर्तामोडबाट बुट्टाबारीतर्फ गइरहेको ना८ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको नम्बर नखुलेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मगरको मृत्यु भएको र निजकी श्रीमती २५ वर्षीया सुखमाया तामाङ गम्भीर घाइते भएकी हुन् । ट्रकका चालक फरार छन्भने निजको खोजी भइरहेको छ ।

यसैबीच, बर्दघाट-सुस्तापूर्वको देवचुलीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको देवचुली–१४ मा नारायणघाटतर्फ गइरहेको बा१६च ४७४० नम्बरको जिपको ठक्करबाट गएराति स्थानीय ४२ वर्षीया जया अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपका चालक मकवानपुरको थाहा–११ का ४३ वर्षीय चन्द्रबहादुर गोलेलाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : २४ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित