४ माघ २०८२, आइतबार | January 18, 2026

समानुपातिकमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवार(सूचीसहित)



काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ ।आइतबार आयोगले प्रेस विज्ञप्ति मार्फत समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको जनाएको हो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलबाट निर्वाचन आयोगमा पेस भएका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगले प्रकाशित गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम आज सार्वजनिक गरी आयोगको वेबसाइट राखेको हो ।

सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३ हजार २१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा उक्त बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले उजुरी गर्न सकिने उल्लेख छ ।

माघ ५ देखि माघ १० सम्म बिहान १० बजेदेखि साँझ अपराह्न ४ बजेभित्र निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उजुरी दिन सकिने विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ९ : ३० बजे

नेकपाले उठायो बाँकेका तीनै क्षेत्रमा नयाँ अनुहार

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकेका तीन वटै

महिला तथा बालिकाविरुद्ध हुने हिँसा सम्बन्धि प्रेषण प्रणाली कार्यबिधि सार्वजनिक

खजुरा । बाँकेको खजुरा गाँउपालिकाका लागि तयार पारिएको महिला तथा

समानुपातिकमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवार(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान । धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात बुझाउन आवश्यक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा