काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट चुनाव लड्ने तयारीमा रहेका गुप्ताले उम्मेदवारी दर्ताअघि नै मन्त्री पद छोडेका हुन् ।
उनले प्रधानमन्त्रीलाई राजीनामाको जानकारी गराइसकेको बताएका छन् ।
गुप्ताले आज बिहान सिरहाको शहीद चोकमा पुगेर बालेन्द्र शाहसँगै मधेश आन्दोलनका शहीदलाई माल्यापर्ण गरेका थिए ।
गुप्ताले युवा तथा खेलकुदमन्त्रीका रुपमा केही महिना कार्यभार सम्हालेका छन् ।


















प्रतिक्रिया