२४ भदौ २०८३, बुधबार | September 9, 2026

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल



काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा सामाजिक सञ्जालमा आलोचित भएका छन् ।

सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गुप्ताको चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो खिचिरहेको देखिने एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ ।

भाइरल तस्बिर सार्वजनिक भएपछि सर्वसाधारणले सांसदले नै ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै आलोचना गरिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सार्वजनिक पदमा रहेका व्यक्तिले कानुनको पालना गर्नुपर्नेमा उल्टै जोखिमपूर्ण गतिविधि गरेको भन्दै प्रश्न उठाएका छन् ।

यद्यपि, उक्त तस्बिर कहिले र कहाँ खिचिएको हो भन्ने विषयमा अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन । साथै, घटनाबारे सांसद बब्लु गुप्ता वा सम्बन्धित निकायले कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ८ : ३५ बजे

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने