२७ भदौ २०८३, शनिबार | September 12, 2026

शेरबहादुर देउवा चुनाव नलड्ने



काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । लामो समयदेखि कांग्रेसको नेतृत्वमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका देउवाले यसपटक चुनावी मैदानबाट अलग रहने निर्णय गरेका हुन् ।

देउवाका तर्फबाट उनका निकट सहयोगी भानु देउवाले विज्ञप्ति जारी गर्दै पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी दिएका छन् । उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा आएको यो घोषणाले कांग्रेसको आन्तरिक राजनीतिमा महत्वपूर्ण सन्देश दिएको छ ।

हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले देउवालाई पार्टीको संरक्षकका रूपमा रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गर्दै आएको थियो । सोही सन्दर्भमा देउवाले सक्रिय चुनावी राजनीतिबाट एक कदम पछि हट्दै पार्टीलाई मार्गदर्शन गर्ने भूमिकामा सीमित रहने संकेत गरेका छन् ।

२०४८ सालदेखि निरन्तर डडेल्धुरा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका देउवा उक्त क्षेत्रबाट सात पटक सांसद बनेका अनुभवी नेता हुन् । उनको चुनाव नलड्ने निर्णयसँगै डडेल्धुरा कांग्रेस राजनीतिमा नयाँ नेतृत्व उदाउने सम्भावना बढेको छ ।

यता देउवाको यो निर्णयले उनकी पत्नी आरजु राणा देउवाको राजनीतिक यात्रामा पनि असर परेको छ । कांग्रेसले कैलाली-५ बाट आरजुलाई टिकट नदिई नारायण शाहलाई उम्मेदवार बनाएको छ । देउवाको निर्वाचनबाट अलग हुने निर्णयसँगै कांग्रेसभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस थप तीव्र हुने देखिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ८ : १२ बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी