सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटमा देखिएको उम्मेदवारसम्बन्धी विवाद अन्ततः टुंगिएको छ ।
पार्टीका आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दिएका नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार (माघ ९) उनले उम्मेदवारी फिर्ता लिँदै शाहीलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बुढाले उम्मेदवारी फिर्ता लिएको नेकपा कालीकोटले जनाएको छ । आजै बिहान मात्र प्रचण्डसहित शीर्ष नेताहरूको सहभागितामा भर्चुअल (जुम) बैठक सम्पन्न भएको थियो, जसबाट विवाद समाधान गरिएको हो ।
उम्मेदवारी फिर्ता लिनुअघि बुढा र शाहीबीच जनतामाझ नयाँ ढंगले जाने तथा केही राजनीतिक प्रतिबद्धतामा समझदारी भएको पार्टीले जनाएको छ ।
०७० सालदेखि कालीकोटबाट प्रतिनिधित्व गर्दै आएका शाही आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुनः नेकपाका तर्फबाट उम्मेदवार बनेका छन् । उनलाई चुनौती दिँदै बुढाले मनोनयन दर्ताको दिन स्वतन्त्र उम्मेदवारी दिएका थिए ।


















प्रतिक्रिया