२३ बैशाख २०८३, बुधबार | May 6, 2026

४९ उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, एकको खारेजी



काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तोकिएको समयभित्र ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

त्यसैगरी, पाँच जना उम्मेदवारविरुद्ध दाबी–विरोध परेकोमा एक जनाको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिनेमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), उज्यालो नेपाल पार्टीलगायत विभिन्न राजनीतिक दलबाट मनोनयनपत्र दर्ता गराएका उम्मेदवारहरू रहेका छन् ।

केही स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी फिर्ता लिएको आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ३ : ४७ बजे

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच