१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डताको रक्षा एवं सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिक सुरक्षामा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताएकी छन् ।

सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित २५औँ सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चुनौतीपूर्ण परिस्थितिमा पनि अनुशासन, निष्ठा, पेसागत कौशल र उच्च व्यावसायिकताका साथ राष्ट्रसेवामा निरन्तर खटिनु सशस्त्र प्रहरीको परिचय बनेको बताइन् ।

“देशमा चलेको सशस्त्र द्वन्द्वदेखि पछिल्ला दशकमा पूर्वी पहाड, तराई तथा अन्य संवेदनशील क्षेत्रमा देखिएका सुरक्षा चुनौतीहरूको सामना गर्न सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिका स्मरणीय छ”, प्रधानमन्त्री कार्कीले भनिन् । सीमामा खटिएर राष्ट्रिय भूगोलको रक्षा गर्नुका साथै राजस्व सङ्कलनमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सशस्त्र प्रहरीले पुर्याउँदै आएको योगदान उल्लेखनीय रहेको उनको भनाइ छ ।

“कठिन भौगोलिक अवस्था, जोखिमपूर्ण कार्यक्षेत्र र प्रतिकूल परिस्थितिमा पनि निष्ठाका साथ राष्ट्रसेवामा समर्पित रहनु यस बलको विशेष पहिचान हो”, प्रधानमन्त्री कार्कीले भनिन्, “सशस्त्र प्रहरीले प्रदर्शन गरेको साहस, सौर्य र पेसागत निष्ठाले नै सङ्गठनलाई जनताको भरोसायोग्य सुरक्षा निकायका रूपमा स्थापित गरेको छ ।”

विगतका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रसंशा गर्दै प्रधानमन्त्री कार्कीले सम्भावित सुरक्षा चुनौतीको सुक्ष्म अध्ययन गरी उच्च सतर्कता र व्यावसायिकताका साथ आसन्न निर्वाचनलाई सफल बनाउन निर्देशन दिइन् ।

वर्तमान सङ्क्रमणकाल अन्त्य गरी मुलुकमा दिगो स्थायित्व कायम गर्न नेपाल सरकारले सम्पूर्ण शक्ति लगाएको उल्लेख गर्दै उहाँले सम्पूर्ण सुरक्षा निकायबीच आवश्यक समन्वय र सहकार्य गरी निर्वाचन सफल पार्नुपर्ने बताइन् । प्रधानमन्त्री कार्कीले बदलिँदो सुरक्षा चुनौती, प्रविधिको विकास र नागरिकको अपेक्षालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीलाई अझ सक्षम, पारदर्शी, मानव अधिकारमैत्री र जनमुखी सुरक्षा निकायका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १० : २८ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को