१२ माघ २०८२, सोमबार | January 26, 2026

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम कागजातसहित दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ ।

बोर्डले जथाभावी रूपमा मापदण्ड विपरीत स्वास्थ्य बीमाबापत भुक्तानी दाबी गरेपछि स्वास्थ्य संस्थालाई एक समिति बनाई दाबीको पुनरावलोकन गर्न आग्रह गरेको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए ।

“स्वास्थ्य बीमा गरे बापतको दाबीसहित हामीले पठाएको विवरणमा धेरै नै त्रुटि हुने गर्दछन्,” उनले भने, “स्वास्थ्य संस्थाले गर्ने दाबी बापतको रकमलाई पुनः एकपटक त्यही स्वास्थ्य संस्थामा पुनरावलोकन गर्नका लागि समिति बनाउनु आग्रह गरेको हौँ ।”

उनले स्वास्थ्य बीमा रियल टाइम दाबी गर्नेसम्बन्धी कार्यविधि–२०८० अनुसार दाबी रुजु तथा मूल्याङ्कन प्रक्रियालाई थप सहज बनाई सेवा प्रदायक स्वास्थ्य संस्थाका दाबीमा हुने अस्वीकृत दर घटाउनका लागि सम्बन्धित स्वास्थ्य संस्थाले पुनरावलोकन समिति बनाउन आवश्यक रहेको बताए ।

बोर्डले स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नुपूर्व समितिले नै दाबीउपर पुनरावलोकन तथा रुजु गरी त्यसपश्चात् मात्र बोर्डको मापदण्डबमोजिम कागजात सहितको दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ ।

बोर्डले तोकिएको मापदण्डअनुसार प्राप्त नभएका स्वास्थ्य बीमा गरे बापतको दाबीको भुक्तानी नगर्ने सूचना अधिकारी मल्लले बताए । उनका अनुसार स्वास्थ्य बीमा बोर्डमा एक दिनमा १० करोड बराबरको रुपैयाँ स्वास्थ्य संस्थाहरूले भुक्तानीका लागि दाबी पेस गर्ने गरेका छन् । अहिलेसम्म करिब रु १२ अर्ब स्वास्थ्य बीमाबापत ती स्वास्थ्य संस्थालाई बोर्डले भुक्तानी गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ३ : २२ बजे

स्थानीय उत्पादन र उद्यमशीलताले समृद्ध प्रदेशको लक्ष्य पूरा हुन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिनी प्रदेशमा जनप्रतिनिधिकै मत बदर

दाङ । लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोरोहीमा हिजो (आइतबार) सम्पन्न राष्ट्रियसभा

आचारसंहिता उल्लंघन बारे आयोगद्वारा धमाधम स्पष्टीकरण माग, उम्मेदवारहरुले दिएनन् जवाफ

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक

बाँकेमा निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

बाँके । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक