२७ भदौ २०८३, शनिबार | September 12, 2026

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन



भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ आजदेखि सुरु भएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका आयोगका पदाधिकारीहरुको टोलीले आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको अनुगमन एवं निरीक्षण गर्दै सो जानकारी दिएको हो । उनलाई केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

केन्द्रमा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीहरुलाई यसबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त भण्डारीले आज प्रतिनिधिसभा सदस्य निर्वाचनका समानुपातिक तर्फको मतपत्र छपाइ सम्पन्न गरी प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको बताए ।

उनले भने, “समानुपातिकतर्फको दुई करोड आठ लाख ५४ हजार ८०० प्रति मतपत्र छपाइ आज सम्पन्न भएको छ । आजैदेखि प्रत्यक्षतर्फको दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ सुरु भएको छ । आगामी १५ दिनभित्र सबै मतपत्र छपाई हुनेछ । आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको छ ।”

निर्वाचन आयोगबाट निर्वाचन क्षेत्र, निर्वाचन स्थल र केन्द्रमा पठाउने मतपत्र छिटोभन्दा छिटो विभिन्न साधनहरुबाट पठाउने काम हुन लागेको जानकारी दिँदै उनले मतदानअघि मतपत्रको सुरक्षाका साथै निर्वाचनको सबै तयारी करिब पूरा भएको बताए ।

भण्डारीले एक करोड ८९ लाख तीन हजार ६८९ मतदातालाई मतदानका लागि १० हजार ९६७ मतदानस्थलअन्तर्गत २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरेको बताउँदै निर्वाचनलाई सफल बनाउन सबै संवेदनशील हुनुपर्ने बताए । यसअघि जनक शिक्षाले १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाएको थियो ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ९ : ५३ बजे

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक