३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

गुल्मीमा बोलेको अभिव्यक्तिले सागर ढकाल सामाजिक सञ्जालमा आलोचनाको घेरामा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट गुल्मी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सागर ढकालको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चामा छ । विशेषगरी भिडियोमा उनले डडेलधुरासँग सम्बन्धित प्रसंग उल्लेख गरेपछि सो क्षेत्रका प्रयोगकर्ताहरूले आलोचना र व्यङ्ग्यका रूपमा ‘ट्रोल’ गर्न थालेका हुन् ।

ढकाल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाविरुद्ध डडेलधुराबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका थिए । सीमित साधनस्रोतका बाबजुद उनले त्यसबेला उल्लेख्य मत प्राप्त गर्दै राष्ट्रियस्तरमा चर्चा कमाएका थिए ।

यसपटक देउवा निर्वाचन मैदानमा नउत्रिने भएपछि आफू डडेलधुराबाट उम्मेदवारी नदिएको ढकालले बताउँदै आएका छन् । रास्वपाले उनलाई यसपटक उनको गृहजिल्ला गुल्मीको क्षेत्र नं. १ बाट उम्मेदवार बनाएको छ ।

के छ भाइरल भिडियोमा ?

सामाजिक सञ्जालमा फैलिएको उक्त भिडियो गुल्मीमै आयोजित एक चुनावी कार्यक्रममा खिचिएको हो । ब्यानरका आधारमा कार्यक्रम सोमबार सम्पन्न भएको देखिन्छ । उक्त कार्यक्रममा ढकालले आफू पहिलो पटक डडेलधुरा पुग्दाको अनुभव सुनाएका छन् ।

भिडियोमा ढकालले भनेका छन् कि डडेलधुरा पुगेको पहिलो दिन करिब ४०–५० जना युवाहरू मोटरसाइकलमा स्वागतका लागि आएका थिए । आफू साधारण जीवनशैलीमा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै उनले होटल, मासु–मदिरा र तामझाम मन नपर्ने बताएका छन् ।

उनका अनुसार, आफूले सामान्य दाल–भात खाएको र खर्च हजार–पन्ध्र सय रुपैयाँभन्दा बढी नहुने ठानेको अवस्थामा बिहान उठ्दा ४०-५० हजार रुपैयाँको बिल देखेपछि आफू अचम्मित भएका थिए । पछि बुझ्दा स्वागतका लागि आएका व्यक्तिहरूले मासु र मदिरामा खर्च गरेको थाहा पाएपछि उनले त्यस्तो गतिविधि अस्वीकार गर्दै सबैलाई फर्काइदिएको बताए ।

ढकालले त्यसपछि चुनावी अभियानभर एक मोटरसाइकलमा दुई जनामात्रै बसेर प्रचार गरेको प्रसंग सुनाएका छन् ।

सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

डडेलधुरासँग जोडिएको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आइरहेका छन् । उनका समर्थकहरूले ‘खर्च कसले गर्‍यो ?’ भन्ने प्रश्न उठाउँदै सत्य बाहिर ल्याउनुपर्ने माग गरिरहेका छन् । अर्कातर्फ, आलोचकहरूले भने यसले सुदूरपश्चिम क्षेत्रलाई गलत ढंगले चित्रण गरेको आरोप लगाउँदै कडा टिप्पणी गरिरहेका छन् ।

भिडियो सार्वजनिक भएपछि ढकालको अभिव्यक्ति व्यक्तिगत अनुभवको रूपमा बुझ्नुपर्ने कि समग्र क्षेत्रप्रति टिप्पणीका रूपमा लिनुपर्ने भन्ने विषयमा सामाजिक सञ्जालमा बहस चर्किएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १० : ४८ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६