१५ माघ २०८२, बिहिबार | January 29, 2026

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या



जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका-६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा नेटवर्कले राम्रोसँग काम नगर्दा टेलिफोन सम्पर्कविहीन अवस्थामा उत्पन्न भएको स्थानीय डिल्ली कामीले बताए ।

देशका धेरै ठाउँमा फोरजी डाटा, निःशुल्क वाइफाइ र डिजिटल सेवाको चर्चा भइरहँदा हिँयाखोलाका स्थानीय अझै पनि नेटवर्क खोज्दै डाँडा उक्लन बाध्य भएका उनको भनाइ छ ।

देशभर चुनावी माहोल तातिएको बेला विभिन्न सूचना, राजनीतिक समाचारलगायत अन्य गतिविधिको जानकारी लिनका लागि गाउँबाट एक घण्टा हिँडेर नेटवर्क आउने ठाउँमा जानुपर्ने बाध्यता रहेको स्थानीय लोकेशजङ्ग विश्वकर्माले बताए ।

“बिरामी पर्दा स्वास्थ्यकर्मीलाई फोन गर्न सकिँदैन । एम्बुलेन्स बोलाउन झन् गाह्रो भएको छ । देश चुनावमा होमिएको छ, तर हामीले सूचनाकै लागि सङ्घर्ष गर्नु परिरहेको छ”, उनले भने, “यसका साथै वैदेशिक रोजगारीमा रहेका आफन्तसँग सम्पर्क गर्न पनि कठिन छ । यस विषयमा पटक-पटक जनप्रतिनिधि र सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधान हुनसकेको छैन ।”

वडा नं ४ का अध्यक्ष विशाल खड्काले टेलिकमले गाउँपालिका-४ स्थित हाँकु गाउँको लाग्नामा रहेको टावरको क्षमता घटाउँदा यो समस्या आएको बताए । नेपाल टेलिकमका जुम्ला शाखा प्रमुख पारश पुजारा भने लाग्नामा रहेको टावरको क्षमताभन्दा बढी ग्राहक रहेकाले हिँयाखोला गाउँसम्म नेटवर्कको क्षमताले धान्न नसकेको बताउँछन ।

“नेटवर्कको ९७ प्रतिशत क्षमता प्रयोग भइसकेको हुनाले समस्या आएको छ । एक महिनाभित्र फोरजीको अर्को एउटा ब्यान्ड थप्ने योजना छ । काम सम्पन्न भएपछि समस्या समाधान हुनेछ”, उनले भने ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ८ : ११ बजे

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा