२८ असार २०८३, आइतबार | July 12, 2026

संसद् विघटन मुद्दामा सर्वोच्च जाने कांग्रेस निवर्तमान सांसदको कार्यक्रम स्थगित



काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दा छिटो टुंगो लगाउन माग गर्दै सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन जाने तयारीमा रहेका नेपाली कांग्रेसका निवर्तमान सांसदहरूको कार्यक्रम रोकिएको छ ।

कांग्रेसले एक सूचना जारी गर्दै ‘विशेष कारण’ देखाउँदै सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित गरिएको जनाएको छ । सूचनामा भनिएको छ, “डेलिगेशन टोली सर्वोच्च अदालत जाने कार्यक्रम तय भएकोमा विशेष कारणले उक्त कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराइन्छ।”

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा दबाब सिर्जना गर्न खोजिएको भन्दै आलोचना बढेपछि र तर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले समय नदिएपछि सर्वोच्च जाने कार्यक्रम रोकिएको बताइएको छ ।

कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा रहेको टोली आज सर्वोच्च जाने तयारीमा थियो । यसअघि बिहान १०ः३० बजे सर्वोच्च जाने कार्यक्रम तय गरिएको थियो । उनीहरुले प्रधानन्यायाधीश राउतसँग भेटेर संसद् विघटनविरुद्ध परेका रिटहरूको छिटो टुंगो लगाइदिन अनुरोध गर्ने तयारी गरेका थिए ।

कांग्रेसका ६५ जना निवर्तमान सांसदहरूले संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर ती रिटमाथि अहिलेसम्म सुनुवाइ सुरु भएको छैन ।

संसद् विघटनविरुद्ध नेपाली कांग्रेस संसदीय दलका निवर्तमान प्रमुख सचेतक घिमिरेसहितका सांसदहरू र एमालेका सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चको संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइपछि अदालतको आदेशअनुसार राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, तत्कालीन सभामुख देवराज घिमिरे, निर्वाचन आयोग र प्रतिनिधिसभा संसद् सचिवालयले लिखित जवाफ पेस गरिसकेका छन् ।

सर्वोच्चले संसद् विघटनसम्बन्धी दर्ता भएका सबै रिटलाई एकैसाथ राखी सुनुवाइ गर्ने आदेश दिएको छ । ती रिटमा माघ २० गतेको साधारण तारिख तोकिएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ९ : १९ बजे

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण