१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता बालेन साहसँगै अछाम पुगेका उनका सहयोगी दिनेश सिटौला शुक्रबार बिहान एक्कासि बेहोस भएका छन् । उनी अछाम सदरमुकाम मंगलसेनमा रहेको साहको टोलीसँगै रहँदा अचानक अचेत अवस्थामा पुगेका हुन् ।

४३ वर्षीय सिटौलाको अवस्था गम्भीर भएपछि उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर अछाम पठाइएको छ । हालसम्म उनको होस नआएको जनाइएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार सिटौलालाई प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ । “स्वास्थ्य अवस्था सामान्य नभएकाले थप उपचारका लागि काठमाडौं लैजाने निर्णय गरिएको हो,” उनले बताए ।

नुवाकोट घर भएका सिटौला बालेन साहको चुनावी अभियान टोलीका सक्रिय सदस्य रहेको जनाइएको छ । सिटौलाको उद्धारपछि बालेन साहको टोलीले भने मध्यपहाडी राजमार्ग हुँदै दैलेखतर्फ जाने कार्यतालिका रहेको प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए ।

सिटौलाको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ भने चिकित्सकीय परीक्षणपछि मात्र बेहोस हुनुको कारण खुल्ने बताइएको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ११ : ३३ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य