४ पुस २०८२, शुक्रबार | December 19, 2025

आईपीएल २०२० : दिल्लीको लगातार दोस्रो जित



काठमाडौं । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराति चेन्नई सुपर किंग्स (सीएसके)लाई ४४ रनले हराउँदै दिल्लीले लगातार दोस्रो जित हासिल गरेको हो ।

दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको सीएसकेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

उसका लागि फाफ डुप्लेसिसले ४३, केदार जाधवले २६, शेन वाट्सनले १४, मुरली विजयीले १०, कप्तान महेन्द्रसिंह धोनीले १५ र रवीन्द्र जडेजाले १२ रन बनाए ।

बलिङमा दिल्ली क्यापिटल्सका कागिसो रबाडाले ३, एनरिक नोर्कियाले २ र अक्षर पटेलले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ न बनायो ।

उसका लागि ओपनर पृथ्वी शाले ६४, शिखर धवनले ३५, कप्तान श्रेयस अय्यरले २६, ऋषभ पन्तले नटआउट ३७ र मार्कस स्टोइनिसले अविजित ५ रन बनाए ।

बलिङमा सीएसकेका पियूष चावलाले २ र साम कुरानले एक विकेट लिए । योजितसँगै दिल्ली ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ६ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको