१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना



गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । गुल्मीको मालिका गाउँपालिका-७ घमिरमा रहेको देविस्थान माध्यमिक विद्यालयमा उनले आफ्ना स्वर्गीय बुवा कृष्ण बहादुर कार्कीको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

विद्यालयमा स्थापना गरिएको उक्त अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट वार्षिक रूपमा विद्यालयमा अध्ययनरत दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरखबहादुर अर्यालले जानकारी दिए । उनका अनुसार यसले आर्थिक अभावका कारण अध्ययनमा समस्या झेलिरहेका विद्यार्थीलाई ठूलो राहत पुग्नेछ ।

विद्यालयको ५४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले अक्षयकोष स्थापना गर्नुका साथै विद्यालयलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले डिजिटल स्मार्ट बोर्डसमेत हस्तान्तरण गरेका छन् । उक्त डिजिटल स्मार्ट बोर्ड महानिरीक्षक कार्कीकी धर्मपत्नी तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले विद्यालयलाई हस्तान्तरण गरेकी हुन् । विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढाथोकीले यससम्बन्धी जानकारी दिएका छन् ।

वि.सं. २०२८ सालमा महानिरीक्षक कार्कीका बुवाको पहलमा स्थापना भएको यो विद्यालय हाल कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा करिब पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका सूचना प्रविधि शिक्षक बुद्धिनाथ पाण्डेले महानिरीक्षक कार्कीले विद्यालयलाई सूचना प्रविधिसँग जोड्न र विद्यार्थीहरूको मनोबल उच्च बनाउने उद्देश्यले गरेको सहयोग अत्यन्तै प्रशंसनीय रहेको बताए । उनका अनुसार यस प्रकारको योगदानले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : १२ बजे

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा

सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड

काठमाडौं । मुलुकको कूल बेरुजु रकम रु सात खर्बमाथि पुगेको

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत

माउन्टेन डिउ पिएपछि वाकवाकी भएको गुनासो, सरकारले रोक्यो सम्बन्धित ब्याचको बिक्री

काठमाडौं । सामाजिक सञ्जालमा एक उपभोक्ताले माउन्टेन डिउ सेवन गरेपछि

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ