७ आश्विन २०८३, बुधबार | September 23, 2026

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति



काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सूचना प्रकाशित गरे बमोजिम बैंकले छात्रवृत्ति प्रदान गर्न सुरु गरेको छ ।

बैंकले काठमाडौं उपत्यका बाहिरको सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुबाट आएका आवेदनहरुबाट छनौट गरी ७५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

बैंकले सातै प्रदेशमा सरकारी तथा सामुदकायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको थियो । विगतका वर्षहरुमा पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ ।

सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिएको यस छात्रवृत्तिले वहाँहरुको शैक्षिक गुणस्तर बढ्नुको साथै व्यक्तित्व विकास तथा आफ्नो अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ८ : ३१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई