६ आश्विन २०८३, मंगलबार | September 22, 2026

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने



लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ । लुम्बिनी विकास कोषको आज बसेको परिषद् बैठकले आगामी वैशाख पूर्णिमाका अवसर पारेर लुम्बिनीमा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव एवं इञ्जिनियर दीपक श्रेष्ठले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तरराष्ट्रिय समुदायमा लुम्बिनीको प्रचारप्रसारलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित आगामी वैशाख १६ र १७ गते सम्मेलन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले अन्तरराष्ट्रिय बौद्ध सम्मेलनका लागि मूल आयोजक समारोह समिति गठन गरेको छ । समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ) रहने गरी १० सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरिएको हो ।

सरकारले चालु आर्थिक वर्षमा सम्मेलन आयोजना गर्न रु तीन करोड बजेट विनियोजन गरेको छ । यसअघि देशमा भएको राजनीतिक तथा संरचनात्मक परिवर्तनका कारण नोभेम्बरमा आयोजना गर्ने भनिएको सम्मेलन २५७०औँ बुद्ध जयन्तीको अवसर पारेर आगामी वैशाख १६ र १७ गत लुम्बिनीमा गर्ने तयारी कोषका सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।

बुद्ध धर्म र दर्शनमार्फत विश्व शान्ति प्रवर्द्धन गर्दै दया, करुणा र विश्व बन्धुत्वको भावना फैलाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको मूल समारोह समितिका संयोजक डा लामाले जानकारी दिए । सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका बौद्ध विद्वान, गुरु, विशिष्ट पाहुना तथा विभिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तित्वको सहभागिता रहने उनले विश्वास व्यक्त गरे ।

दुई दिनेसम्म सञ्चालन हुने सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु तथा बुद्धसँग सम्बन्धित क्षेत्रको सम्पदा, लुम्बिनी क्षेत्रको पर्यावरणीय अवस्था, विश्व बौद्ध सम्पदा, बौद्ध शिक्षा तथा संस्कृतिका विषयमा छलफल र कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । यसअघि भएका आयोजना भएका पहिलो र दोस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनले नेपालको धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएको लुम्बिनी विकास कोषले जनाएको छ ।

यस पटकको सम्मेलनमा प्रचारप्रसारका माध्यमबाट लुम्बिनीलाई अन्तरराष्ट्रियस्तरमा चिनाउने, संसारभरि बौद्ध धर्मको महत्व बढाउने र लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको विकास कोषका सदस्य सचिव श्रेष्ठले बताए ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  २ : ५८ बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न