२३ बैशाख २०८१, आइतबार | May 6, 2024

आईपीएल २०२० : कोलकात्ता नाइट राइडर्स विजयी



काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत कोलकात्ता नाइट राइडर्स विजयी भएको छ ।

पहिलो जित हासिल गर्ने क्रममा कोलकात्ताले सन राइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्यो ।

१ सय ४३ रनको मध्यम लक्ष्य पच्छाएको कोलकात्ताले १८औं ओभरमा भेट्टाएको थियो । कोलकात्ताको जितमा शुभमन गिलले सर्वाधिक ७० रनको पारी खेले । उनी ६२ बलमा २ छक्का र ५ चौकासहित ७० रनमा नटआउट रहे ।

६ रनको स्थितिमा सुनिल नारायनलाई शून्य रनमा गुमाएको कोलकात्ताका लागि गिलसँग नितिश रानाले ३७ रनको साझेदारी गरे । रानाले २६ रन बनाएर टी नटराजनको बलमा आउट भए । यस्तै, इयान मोर्गानले नटआउट ४२ रन बनाए ।

यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले व्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो ।

हैदरावदका लागि मनिश पाण्डेले अर्धशतकीय पारी खेले । ३८ बलको सामना गरेको पाण्डेले २ छक्का र ३ चौकाको मद्धतमा ५१ रन बनाए । यस्तै डेविड वार्नरले ३६, ऋद्धिमान साहले ३० तथा मोहम्मद नाबीले नटआउट ११ रनको पारी खेले ।

कोलकात्ताका प्याट कमिन्स, आन्द्र रसेल र वरुण चक्रवर्तीले समान एक/एक विकेट लिए । जितसँगै दुई अंक जोडेको कोलकात्ता पाँचौं स्थानमा उक्लिएको छ । अंक तालिकाको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स रहेको छ ।

यसैगरी, किङ्स इलावेन पञ्जाव, मुम्बइ इन्डियन्स, राजस्थान रोयल्स, चेन्नइ सुपर किङ्स क्रमश दोस्रो, तेस्रो, चौथो र छैटौं स्थानमा रहेका छन् । यस्तै, रोयल च्यालेञ्जर्स बेङ्गलोर सातौं र अंकविहीन हैदरावाद पुछारमा रहेको छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ६ : १३ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa