३ आश्विन २०८३, शनिबार | September 19, 2026

आईपीएल २०२० : कोलकात्ता नाइट राइडर्स विजयी



काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत कोलकात्ता नाइट राइडर्स विजयी भएको छ ।

पहिलो जित हासिल गर्ने क्रममा कोलकात्ताले सन राइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्यो ।

१ सय ४३ रनको मध्यम लक्ष्य पच्छाएको कोलकात्ताले १८औं ओभरमा भेट्टाएको थियो । कोलकात्ताको जितमा शुभमन गिलले सर्वाधिक ७० रनको पारी खेले । उनी ६२ बलमा २ छक्का र ५ चौकासहित ७० रनमा नटआउट रहे ।

६ रनको स्थितिमा सुनिल नारायनलाई शून्य रनमा गुमाएको कोलकात्ताका लागि गिलसँग नितिश रानाले ३७ रनको साझेदारी गरे । रानाले २६ रन बनाएर टी नटराजनको बलमा आउट भए । यस्तै, इयान मोर्गानले नटआउट ४२ रन बनाए ।

यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले व्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो ।

हैदरावदका लागि मनिश पाण्डेले अर्धशतकीय पारी खेले । ३८ बलको सामना गरेको पाण्डेले २ छक्का र ३ चौकाको मद्धतमा ५१ रन बनाए । यस्तै डेविड वार्नरले ३६, ऋद्धिमान साहले ३० तथा मोहम्मद नाबीले नटआउट ११ रनको पारी खेले ।

कोलकात्ताका प्याट कमिन्स, आन्द्र रसेल र वरुण चक्रवर्तीले समान एक/एक विकेट लिए । जितसँगै दुई अंक जोडेको कोलकात्ता पाँचौं स्थानमा उक्लिएको छ । अंक तालिकाको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स रहेको छ ।

यसैगरी, किङ्स इलावेन पञ्जाव, मुम्बइ इन्डियन्स, राजस्थान रोयल्स, चेन्नइ सुपर किङ्स क्रमश दोस्रो, तेस्रो, चौथो र छैटौं स्थानमा रहेका छन् । यस्तै, रोयल च्यालेञ्जर्स बेङ्गलोर सातौं र अंकविहीन हैदरावाद पुछारमा रहेको छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ६ : १३ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको