२ बैशाख २०८३, बुधबार | April 15, 2026

बाँकेको खजुरामा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निश्क्रिय



खजुरा । बाँकेको खजुरामा एकाबिहानै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निश्क्रिय पारेको छ । नेपालगन्ज गुलरिया हुलाकी सडक अन्तर्गत खजुराबजार स्थित पेडारी नालाको पुलमाथि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिक्ष्पोजल छोलीले निश्क्रिय पारेको हो ।

घटनास्थललाई बिहानैबाट नियन्त्रणमा लिएर नेपाली सेनाको बम डिष्पोजल टोलीले शंकास्पद वस्तुलाई विष्फोट गराई निश्क्रिय पारेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए । उनका अनुसार घटनास्थलमा कुनै पर्चा वा जिम्मेवारी लिएको सामाग्री भने फेला परेको छैन । पुरानो पुलमाथि कुकर जस्तो देखिने वस्तु फेला परेपछि प्रहरीले सेनालाई बोलाएको डीएसपी पातलीलले बताए । फेला परेको वस्तु बम भए/नभएको बारे सेनाले खुलाएको छैन । ‘कुकरमा कालो टेप टाँसेर खतरा लेखिएको वस्तु पुरानो पुलमा भेटिएपछि घटनास्थललाई नियन्त्रणमा लिएर सेनालाई खबर गरेका हौं ।’ उनले भने ।

प्रहरीले शंकास्पद वस्तु निश्क्रिय नहुँदासम्मका लागि हुलाकी सडक बन्द गरेर नेपालगन्ज गुलरिया सडकमा चल्ने सवारी साधनलाई बैकल्पिक मार्गबाट संचालन गराएको थियो ।

फोटो : गणेश राई

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ११ : ४२ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले