११ भदौ २०८३, बिहिबार | August 27, 2026

मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी



काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन भएको बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घले १५ औँ विश्व रेडियो दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि लय र अनुशासनबाट बाहिरिएको मुलुकलाई लयमा फर्काउन आयोगले निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न काम गरिरहेको बताए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउन रेडियोकर्मीलगायत आमसञ्चारकर्मीको महत्त्वूर्ण भूमिका रहेकाले सोहीअनुसार सहयोग गर्न आह्वान गरे । उनले सामाजिक सञ्जालबाट गलत, भ्रामक र हानिकारक सूचना फैल्याएर निर्वाचन बिथोल्न खोज्ने प्रयास पनि भइरहेकाले सामुदायिक रेडियोहरूले जागरण एवं चेतना फैल्याउनुपर्नेमा जोड दिए ।

“सामाजिक सञ्जालबाट प्रवाह हुने गलत, भ्रामक र हानिकारक सूचना रोक्न टिकटकसँग समझदारी भइसकेको छ, मेटासँग पनि सम्झौता हुने क्रममा छ । यस्ता सूचनाको सत्यतथ्य के हो भन्ने परीक्षण गर्न देशभित्रका अन्य मिडियासँग पनि सम्झौता भएको छ”, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने ।

कार्यक्रममा सङ्घले रेडियोकर्मीका लागि बनाएको निर्वाचन आचारसंहिता वाचन गरेर सुनाइएको थियो । सङ्घले जारी गरेको आचारसंहिता र निर्वाचन आचारसंहिताबारे पनि सबै सामुदायिक रेडियोबाट जानकारी गराई जागरण फैल्याउन सहयोग गर्न पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आग्रह गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ४ : ०७ बजे

रूसी राष्ट्रपति पुटिनद्वारा बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा बाढीपहिरोका कारण भएको

बेलायती प्रधानमन्त्रीको नेपाललाई १ अर्ब सहयोगको घोषणा

लन्डन । बेलायती  प्रधानमन्त्री एन्डी बर्नहमले बुधबार आएको आकस्मिक बाढीपछि

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी

भोटेकोशी बाढी : ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४०

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै