६ श्रावण २०८३, बुधबार | July 22, 2026

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण



सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवर्द्धन गर्ने उद्देश्यले अनुदानमा मौरीसहितका घार वितरण गरेको छ ।

आत्मनिर्भर बनाउने उद्देश्यले खाँदबारी नगरपालिकाभित्रका कृषकलाई घारसहितका मौरी वितरण गरिएको छ । कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवर्द्धन गर्ने उद्देश्यले खाँदबारी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीसहितका घार वितरण गरेको हो ।

एक कार्यक्रमबीच नगरपालिकाले ९० मौरीसहितका घार कृषक समूह तथा कृषकलाई हस्तान्तरण गरेको खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले बताए । मौरीपालनलाई वैकल्पिक मात्र नभई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्न नगरपालिकाले मौरीसहितका घार वितरण गरेको उनको भनाइ छ ।

नगरपालिकाले मौरी प्रवर्द्धन अन्तर्गत प्रतिघार १० हजार ८०० लागतमा कृषकलाई मौरीसहितका घार उपलब्ध गराइएको हो । कृषकले ५० प्रतिशत मात्र ब्यहोर्नु परेको छ । बाँकी रकम नगरपालिकाले अनुदानस्वरूप उपलब्ध गराएको हो यो कार्यक्रमबाट विशेषगरी साना तथा मझौला कृषक प्रत्यक्ष लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०८२–८३ मा मौरीपालन प्रवर्द्धन कार्यक्रमका लागि नगरसभाबाट ६ लाख विनियोजन भएको र बाँकी रहेको रकमले मौरीपालक कृषकलाई तालिम प्रदान गरिने कृषि शाखाले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ८ : ०३ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना