काठमाडौं । नेकपा (माओवादी)ले नेपाली सेना दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्चमा अमेरिकी सेनाले परेड खेलेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जारी गरेको विज्ञप्तिमा उक्त परेड राजनीतिक दलहरू र आम नेपाली जनतालाई जानकारी नदिई रहस्यमय ढंगले गरिएको आरोप लगाइएको छ।
विज्ञप्तिमा उल्लेख छ कि अमेरिकी हस्तक्षेपका विषयमा विभिन्न बहस र विवाद चलिरहेका बेला यस प्रकारको सैन्य गतिविधि जानकारी र सहमतिविना सञ्चालन हुनु राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामाथिको गम्भीर प्रहार हो। पार्टीले यस कार्यमा संलग्न पक्षहरूको कडा शब्दमा भर्त्सना गरेको छ।
माओवादीले घटनाबारे सरकारको स्पष्ट धारणा तत्काल सार्वजनिक गर्न माग गर्दै देशको स्वाधीनता निरन्तर जोखिममा परेको दाबी गरेको छ। साथै, आवश्यक परेमा प्रतिरोधका लागि तयार रहन कार्यकर्ताहरू र सर्वसाधारणलाई आह्वान समेत गरेको छ।

















प्रतिक्रिया