२५ भदौ २०८३, बिहिबार | September 10, 2026

वीरेन्द्रको शालिकमाथि रास्वपा कार्यकर्ताको अभद्र व्यवहार, राप्रपाद्वारा अभद्र व्यवहारको भर्त्सना



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले पूर्वराजा वीरेन्द्र शाहको सालिकमाथि उभिएर अभद्र तथा अपमानजनक व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राप्रपा लुम्बिनी प्रदेशका सचिव राजेन्द्र अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त कार्यको घोर भर्त्सना तथा खेद प्रकट गरेका हुन् । विज्ञप्तिमा कसैको आस्था र सम्मानमा चोट पुग्ने खालका अराजक गतिविधि सह्य नहुने स्पष्ट पार्दै यस्ता व्यवहार तत्काल रोक्न सम्बन्धित पक्षलाई चेतावनी दिइएको छ ।

राप्रपाले उक्त घटनाबारे रास्वपाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै माफी माग्न र भविष्यमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाउन आग्रह गरेको छ । साथै निर्वाचनको समयमा मतदाताले निर्धक्क र स्वतन्त्र रूपमा मतदान गर्न सक्ने वातावरण सुनिश्चित गर्नु सबै राजनीतिक दलको जिम्मेवारी भएको उल्लेख गरिएको छ ।

“निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा कायम राख्नु लोकतान्त्रिक अभ्यासको आधार हो । त्यसैले अन्य दल तथा व्यक्तिको आस्था र सम्मानमा चोट पुग्ने कुनै पनि गतिविधि नगर्न सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई आग्रह गर्दछौँ,” प्रदेश सचिव अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राप्रपाका अनुसार बिहीबार रास्वपा सभापति रवि लामिछाने दाङ आउने क्रममा तुलसीपुर नगरपालिकास्थित वीरेन्द्र चोकमा रास्वपाका केही कार्यकर्ताले पूर्वराजा वीरेन्द्रको सालिकमाथि उभिएर अभद्र व्यवहार गरेका थिए ।

उक्त घटनापछि सामाजिक तथा राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ । राप्रपाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ४ : ४४ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी