१६ श्रावण २०८३, शनिबार | August 1, 2026

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने



रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा गाउँमा उत्पन्न विवाद समाधानका लागि प्रशासनले सर्वदलीय सहमतिसहित सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको आह्वानमा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सद्भाव र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै विभिन्न निर्णयहरू गरेको हो।

बैठकको निर्णयअनुसार सोमबार बिहान ७ः३० बजे नागरिक समाजका अगुवाहरूको सहभागितामा धार्मिक–सामाजिक–सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिने उद्देश्यले गौरमा सद्भाव र्‍याली निकालिनेछ। जिल्लामा सौहार्दपूर्ण वातावरण कायम राख्न सबै पक्षलाई संयमता अपनाउन सार्वजनिक अपिलसमेत जारी गरिएको छ।

सबगढा गाउँमा भएको विवाद समाधानका लागि दुवै पक्षका स्थानीय अगुवाहरूको उपस्थितिमा जिल्ला सुरक्षा समितिले औपचारिक तथा अनौपचारिक छलफल अघि बढाउने निर्णय गरिएको छ। संवादमार्फत समस्या समाधान गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक पहल गरिने प्रशासनले जनाएको छ।

बैठकले सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय घटनालाई जिल्लाभित्रकै घटना भनी भ्रामक र अनर्गल प्रचारप्रसार गरी शान्तिपूर्ण अवस्थालाई खलल पुर्‍याउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता गतिविधि देखिएमा आवश्यक कारबाहीका लागि सुरक्षा निकायलाई सहयोग गर्ने निर्णयसमेत गरिएको छ। सबगढा गाउँलगायत केही स्थानमा धार्मिक तथा सामाजिक सद्भाव बिथोल्न खोज्ने व्यक्तिहरूमाथि सुरक्षा निकायबाट निगरानी भइरहेको जनाइएको छ।

उक्त घटनामा संलग्न भई पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको र अनुसन्धानबाट दोषी देखिएमा कानुनी दायरामा ल्याई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गर्ने निर्णय भएको प्रशासनले जनाएको छ। अनुसन्धानको क्रममा अन्य संलग्न व्यक्ति भेटिएमा उनीहरूलाई समेत कानुनी कारबाहीको दायरामा ल्याइने बताइएको छ।

प्रशासनले सबै समुदायलाई संयमता, सहिष्णुता र आपसी सद्भाव कायम राख्दै सामाजिक एकता सुदृढ बनाउन आह्वान गरेको छ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ४ : १८ बजे

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका