४ श्रावण २०८३, सोमबार | July 20, 2026

बुटवलमा मगर दिवसको अवसरमा ‘कानुङ साँझ’ कन्सर्ट हुँदै



बुटवल । मगर दिवसको अवसर पारेर बुटवलमा ‘कानुङ साँझ’ नामक सांगीतिक कन्सर्ट आयोजना गरिने भएको छ । चिया कफी प्रोडक्सन टीमले सबै जातजाति र समुदायलाई एकै ठाउँमा ल्याएर मनोरञ्जन प्रदान गर्नुका साथै सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त कन्सर्ट आयोजना गर्न लागेको हो ।

आयोजकले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै फागुन १५ गते रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआईसीसी)मा ‘कानुङ (हाम्रो साँझ)’ कन्सर्ट आयोजना गरिने जानकारी दिएको हो । कार्यक्रम दिउँसो १ बजेदेखि सुरु भई करिब ८ घण्टासम्म सञ्चालन हुने आयोजकको भनाइ छ ।

कार्यक्रम संयोजक उदीप पौडेलले कन्सर्टमार्फत सांगीतिक मनोरञ्जनसँगै बुटवल क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले विविध सांस्कृतिक पृष्ठभूमिका दर्शकलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा चर्चित कलाकार तथा ब्याण्डहरूको प्रस्तुति रहनेछ । टिमका व्यवस्थापक उज्जवल पौडेलका अनुसार ‘जोन एण्ड दिलोक्स’, ‘चक्र’ तथा तृष्णा गुरुङ एण्ड कोल्याबसहितका कलाकार तथा ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् ।

आयोजकका अनुसार कन्सर्टमा करिब ६ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी हुन ७०० रुपैयाँ र १ हजार रुपैयाँ दरका टिकट व्यवस्था गरिएको छ । हालसम्म ४ हजारभन्दा बढी टिकट बिक्री भइसकेको आयोजकले जनाएको छ ।

कन्सर्ट आयोजना गर्न करिब २५ लाख रुपैयाँ खर्च लाग्ने सञ्चालक साहिल खनालले जानकारी दिए । उनले कार्यक्रम सफल बनाउन तयारी तीव्र पारिएको र सुरक्षा तथा व्यवस्थापनका सबै पक्षलाई प्राथमिकता दिइएको बताए ।

चिया कफी प्रोडक्सन टीमले यसअघि पनि विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । मगर दिवसको अवसरमा आयोजना हुन लागेको ‘कानुङ साँझ’ कन्सर्टले बुटवलमा सांगीतिक माहोल सिर्जना गर्नुका साथै सांस्कृतिक आदानप्रदान र मनोरञ्जनको महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ६ : १० बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री