११ कार्तिक २०८३, बुधबार | October 28, 2026

जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्छ : अध्यक्ष घिसिङ



पाँचथर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्ने बताएका छन् ।

उज्यालो नेपाल पार्टीले आज पाँचथरको फिदिममा आयोजना गरेको ‘उज्यालो युग घोषणासभा’ मा उनले जलविद्युत्को व्यापक विकासमार्फत विदेशी मुद्रा आर्जन र स्वदेशमा कृषि तथा उत्पादन बढाइ समृद्धि हासिल गर्न सकिने बताए ।

अध्यक्ष घिसिङले भारत तथा बङ्गलादेशमा विद्युत् बिक्रीमार्फत मुलुकले लाभ लिन थाल्नु यसैको उदाहरण भएको उल्लेख गरे । पूर्वी नेपाल जलविद्युत् उत्पादनका लागि भण्डारका रूपमा रहेको भन्दै उनले तमोर जलाशययुक्त आयोजना निर्माणमार्फत पूर्वी पहाडको मुहार फेर्न सकिने बताए ।

अध्यक्ष घिसिङले भने, “विद्युत् उत्पादन बढाइ स्वदेशमा उद्योग स्थापना र सञ्चालन तथा कृषि क्षेत्रमा बढीभन्दा बढी उपयोग गर्ने वातावरण बनाउनुपर्छ । मेरै योजनामा लोडसेडिङ अन्त्य गर्ने, जलविद्युत् आयोजनामा स्थानीयवासीले शेयर पाउने व्यवस्था गर्नेजस्ता व्यवस्था गरिएकाले अब त्यसको थप कार्यान्वयन गर्न लाग्छौँ ।”

उनले कृषि उपजको न्यूनतम समर्थन मूल्य र उत्पादनको संरक्षणमार्फत कृषिमा रोजगारी वृद्धिका लागि पनि आफ्नो दलले घोषणापत्रमार्फत स्पष्ट खाका ल्याएको बताए । कार्यक्रममा उक्त दलका उम्मेदवार डा महेन्द्र लावती, टेकबहादुर सुब्बा लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १० : ११ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय