२८ असार २०८३, आइतबार | July 12, 2026

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

जेनजी छानबिन प्रतिवेदन ढिलाइप्रति आपत्ति



काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग चुनावी समीकरण नगर्ने स्पष्ट पारेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा आफ्नै एजेन्डा, संगठन र जनताको साथका आधारमा निर्वाचनमा सहभागी हुने बताए।

“यो निर्वाचनमा नेकपाले कुनै पनि राजनीतिक दलसँग समीकरण गर्दैन। आफ्नै एजेन्डा, पार्टी संगठन र जनताको साथ र सहयोगमा निर्वाचनमा जाँदैछौँ,” प्रचण्डले भने। एक सय ६५ निर्वाचन क्षेत्रमध्ये बागलुङ–१ बाहेक अन्यत्र तालमेल नभएको जानकारी दिँदै उनले थप चुनावी गठबन्धन गर्ने पार्टीको नीति नरहेको स्पष्ट गरे।

प्रचण्डले विगतका कमीकमजोरी सच्याउँदै जनताको चाहना र भावनाअनुसार सुशासन, समृद्धि, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका पक्षमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। भ्रष्टाचारविरुद्ध दृढ रूपमा उभिने भएकाले जनताबाट समर्थन प्राप्त हुने विश्वास उनले व्यक्त गरे।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी संयन्त्र र आमनागरिक सबैको भूमिका महत्वपूर्ण हुने उनले बताए। निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने अपेक्षा समेत उनले व्यक्त गरे।

प्रचण्डले जेनजी युवाको भावना सम्बोधन गर्दै संविधान संशोधनमार्फत राजनीतिक स्थिरता कायम गर्न सबै राजनीतिक दल, युवापुस्ता र सरोकारवाला निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको उनले उल्लेख गरे।

प्रचण्डले जेनजी आन्दोलनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन पटक–पटक सारिँदै जानु उचित नभएको बताए। आयोगको कार्यप्रक्रियामा भएको ढिलाइले जनविश्वासमा नकारात्मक असर पर्ने उनको भनाइ थियो।

“आयोगको प्रतिवेदन समयमा नै आउनुपर्थ्यो। एकपटक सारियो भने कामको चाप वा अन्य कारण हुन सक्छ भन्ने बुझ्न सकिन्छ। दुईपटकसम्म पनि जटिलता होला भन्न सकिन्छ। तर तीनपटक सारेर अझ चुनावपछि मात्रै ल्याउने भन्ने कुरा सही होइन,” उनले भने।

दोषी पहिचान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउन ढिलासुस्ती गर्न नहुने उल्लेख गर्दै उनले छानबिन आयोगहरू निष्पक्ष, प्रभावकारी र समयसीमाभित्र काम गर्नुपर्नेमा जोड दिए। संवेदनशील विषयमा सत्यतथ्य सार्वजनिक गर्न ढिलाइ हुँदा पीडित पक्षमा निराशा बढ्ने र राज्यप्रति अविश्वास पैदा हुने उनको तर्क थियो।

लोकतान्त्रिक अभ्यासमा छानबिन प्रक्रिया विश्वसनीय र परिणाममुखी हुनुपर्ने उल्लेख गर्दै प्रचण्डले जनताको चासो र सरोकारलाई केन्द्रमा राखेर सबै निकाय जिम्मेवार हुनुपर्ने बताए। उनले न्याय, पारदर्शिता र सुशासनको पक्षमा नेकपा दृढतापूर्वक उभिने सन्देश दिएका छन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ५ : २५ बजे

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन