६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल



बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि नेकपा एमाले लुम्बिनी प्रदेशमा बहुमतसहित पहिलो शक्ति बन्ने दाबी गरेका छन् । उनले एमाले राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित हुँदै मुलुक सञ्चालनको नेतृत्वदायी भूमिकामा पुग्ने विश्वास व्यक्त गरे ।

बुटवलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै रुपन्देही क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका पौडेलले एमालेले विगतदेखि नै जनपक्षीय काम गर्दै आएको र आगामी दिनमा पनि जनताको पक्षमा दृढतापूर्वक उभिने बताए । उनले जनताको विश्वास र समर्थनका आधारमा एमालेले स्पष्ट जनादेश प्राप्त गर्ने दाबी गरे ।

पूर्व अर्थमन्त्री पौडेलले रुपन्देही क्षेत्र नम्बर-२ का मतदाता एमालेप्रति सकारात्मक ‘माइन्ड सेट’ बनाएर बसेको उल्लेख गर्दै विभिन्न राजनीतिक प्रक्षेपण र षड्यन्त्रले जनताको निर्णय परिवर्तन गर्न नसक्ने बताए । उनले भने, “रुपन्देही क्षेत्र नम्बर-२ मा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन्, तर ती सबै असफल हुनेछन् । यहाँका मतदाताले एमालेलाई नै जिताउनुपर्छ भन्ने दृढ निर्णय गरिसकेका छन्, त्यो निर्णय परिवर्तन गर्न कसैलाई सजिलो छैन ।”

पौडेलले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा एमाले पहिलो शक्ति बन्ने दाबी गर्दै विगतमा केही कमजोर मानिएको क्षेत्र नम्बर-४ समेत अहिले बलियो अवस्थामा पुगेको बताए । उनका अनुसार एमाले रुपन्देहीमा पुनः सर्वाधिक बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुने चरणमा रहेको छ ।

उनले जिल्लामा सञ्चालन भइरहेका ठूला पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न तथा सम्पन्न आयोजनाहरूको प्रभावकारी सञ्चालनका लागि पनि एमालेको जित आवश्यक रहेको बताए । बुटवल-नारायणगढ सडक, बुटवल-गोरुसिङ्गे सडक विस्तार, सिद्धबाबा सुरुङमार्ग, सिद्धार्थ राजमार्ग स्तरोन्नति तथा कालीगण्डकी-तिनाउ डाइभर्सनजस्ता आयोजना प्रदेशको समग्र विकासका महत्वपूर्ण आधार भएको उनको भनाइ थियो ।

पौडेलले सिद्धार्थ राजमार्ग स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रहरू सहज रूपमा जोडिने र त्यसले पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले एमालेले केवल निर्वाचन जित्नका लागि मात्र नभई रुपन्देही र समग्र लुम्बिनी प्रदेशलाई नमुना विकासको केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ६ : ४४ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९