३० असार २०८३, मंगलबार | July 14, 2026

चीनबाट प्राप्त सहयोगप्रति प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले राजदूत चाङलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन । साथै उनले राजदूतले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पु¥याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने विश्वास व्यक्त गरिन् ।

चिनियाँ राजदूत चाङले प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै बधाइ ज्ञापन गरे । नेपालको यस प्रक्रियामा चीनको साथ र सहयोग रहेको पनि उनले बताए ।

प्रधानमन्त्री कार्कीले पनि नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा निर्वाचनमा चीनबाट प्राप्त सदासयता र सहयोगका लागि कृतज्ञता ज्ञापन गरिन। साथै विकासका विभिन्न परियोजनामा चीनबाट प्राप्त सहयोग र साझेदारीका अवसरहरुप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतले दुवै देशका जनताले मनाउँदै आएका चिनियाँ नयाँ वर्षका अवसरमा शुभकामना पनि आदानप्रदान गरे ।

संस्कृति, भूगोल र ऐतिहासिक सम्बन्धले दुवै मुलुकलाई कसिलोसँग जोडेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको, एक चीन नीति अवलम्बन गर्दै आएको र निकट छिमेकी मुलुकको अहितमा कुनै पनि गतिविधि हुन नदिनेमा पनि सदाझैँ स्पष्ट रहेको बताइन ।

एउटा मुलुकमा अस्थिरता हुँदा अर्कोमा पनि समस्या हुन सक्ने भन्दै उनले क्षेत्रीय शान्ति र स्थायित्वका निम्ति पनि आपसी सहकार्य मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिइन ।

चिनियाँ राजदूतले नेपाल सरकारको नीति र अडानका लागि चिनियाँ जनता र राष्ट्रपतिकातर्फबाट हार्दिक कृतज्ञता ज्ञापन व्यक्त गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ५ : २९ बजे

विपद् उद्धारमा हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा परिचालन गर्न सम्झौता

काठमाडौं । विपद्का घटनामा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न कतार प्रस्थान गरेका

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको