१९ आश्विन २०८३, सोमबार | October 6, 2026

देशभर मतगणनाको प्रारम्भिक नतिजामा रास्वपाको दबदबा, ३० क्षेत्रमा अग्रता



काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको मतगणना देशभर जारी रहेको छ । प्रारम्भिक मतपरिणाम सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धेरै निर्वाचन क्षेत्रमा अग्रता लिँदै अघि बढेको देखिएको छ ।

बिहान साढे ७ बजेसम्म सार्वजनिक भएको प्रारम्भिक नतिजाअनुसार रास्वपाले देशभरका ३० निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । त्यस्तै अघिल्लो संसदको पहिलो दल नेपाली कांग्रेसले ४ तथा दोस्रो ठूलो दल नेकपा (एमाले)ले २ निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् ।

प्रारम्भिक परिणाममा रास्वपाले अग्रता कायम गरेका अधिकांश क्षेत्रमा मतान्तर समेत उल्लेख्य रहेको देखिएको छ ।

यस निर्वाचनको केन्द्रविन्दुका रूपमा हेरिएको झापा-५ मा रास्वपाका उम्मेदवार बालेन शाह अग्रस्थानमा रहेका छन् । यो समाचार तयार पार्दासम्म शाहले १ हजार ४७८ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन् ।

त्यस्तै भक्तपुर-२ मा पनि रास्वपाले अग्रता कायम गरेको छ । उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार राजीव खत्रीले १ हजार ४०० मत प्राप्त गर्दा एमालेका महेश बस्नेतले १ हजार २०० मत प्राप्त गरेका छन् ।

यसैगरी चितवन-२ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले २ हजार ८०१ मतसहित अग्रता बनाएका छन् । त्यहाँ एमालेका उम्मेदवार अस्मित घिमिरेले १ हजार २५९ मत प्राप्त गरेका छन् ।

देशभर मतगणना जारी रहेकाले आगामी परिणामसँगै मतान्तर तथा अग्रता परिवर्तन हुन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : १० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ । देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

म्याग्दी । पछिल्लो एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला

उद्योग वाणिज्य र उपभोक्ता हित संघीय संसदीय समितिमा पश्चिम नेपालको आर्थिक समृद्धिको खाका प्रस्तुत

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले बाँके

सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी

तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

काठमाडौँ । मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक