२० भदौ २०८३, शनिबार | September 5, 2026

लोकगायक कमल बि.के. निर्मोहीको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा



नेपालगन्ज । वरिष्ठ गायक, कलाकार तथा सञ्चारकर्मी स्वर्गीय कमल बि.के. निर्मोहीको १३औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । स्वगीय निर्मोहीको निवासमा सम्पन्न श्रद्धाञ्जली सभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जली सभा कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, वरिष्ठ कलाकार शुन्दर गुरुङ, दलित महिला संघ फेडोकी अध्यक्ष निर्मला सुनार तथा कलाकार विरेन्द्र यादवले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै स्वर्गीय निर्मोहीले नेपाली कला, संस्कृति तथा समाजसेवामा पु¥याएको योगदानको चर्चा गरेका थिए । उनीहरूले निर्मोही सरल स्वभावका, प्रतिभाशाली तथा समाजप्रति प्रतिबद्ध कलाकार रहेको उल्लेख गर्दै उनको योगदान सधैं स्मरणीय रहने बताए ।

वक्ताहरूले निर्मोहीले जीवनभर कला र समाजसेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै उनको अभाव सधैं खट्किरहने बताए । कमल बि.के. निर्मोहीको नाममा अक्षयकोष स्थापना गर्न सकेको खण्डमा उन्को सम्मान हुने र अमर रहने उनीहरुको जोड थियो ।

कार्यक्रममा सहभागीहरूले स्वर्गीय निर्मोहीको तस्बिरमा पुष्प अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका थिए ।

कार्यक्रममा स्व कमल बि.क. निर्मोहीको परिवारका सदस्य, इस्टमित्र, स्थानीय कलाकार, बिभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

स्वर्गीय निर्मोहीको फागुन १२ गते उपचारकै क्रममा निधन भएको थियो । उनी नेपाली लोकसंगीत तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्तित्वको रूपमा परिचित थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ९ : ०३ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी