६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ ।

जीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ जडानका कार्यका लागि बिहान ११ बजेदेखि अपराह्न १ः३० बजेसम्म पेप्सीकोला, टाउन प्लानिङ क्षेत्रमा बिजुली कटौती हुनेछ ।

यस्तै, मध्य बानेश्वर, पूरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा भने अपराह्न २ बनेदेखि ४ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ । तोकिएको कार्य समय अगावै सकिएमा बिजुली नियमित रूपमा सञ्चालन हुने छ । बिजुली कटौती हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ७ : ४६ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको