३२ असार २०८३, बिहिबार | July 16, 2026

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट



काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेकाछन् । सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

पूर्वनिर्धारित कार्यक्रम बमोजिम नियमित भ्रमणका सिलसिलामा भोवेल नेतृत्वको टोली भारत, भुटान हुँदै आइतबार नेपाल आएको हो । उक्त टोलीले काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नेछ । उक्त टोली भोलि मङ्गलबार थाइल्याण्डतर्फ जाने भएको जनाइएको छ ।

लेफ्टिनेन्ट जनरल भोवेलको भ्रमणबाट नेपाल-अमेरिकाबिचको सम्बन्ध प्रगाढ हुनाका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा योगदान पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ४ : ४६ बजे

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक