२९ भदौ २०८३, सोमबार | September 14, 2026

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ता कार्यालयबाट भएको निर्णयसँग सम्बन्धित कागजात र २ माघको संशोधित निर्णय पनि अदालतमा पेश गर्न निर्देशन दिएको हो।

महान्यायाधिवक्ता सविता भण्डारीले सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।

यसअघि २०८२ पुस ३० गते महान्यायाधिवक्ता कार्यालयले मातहतका जिल्ला सरकारी वकिल कार्यालयहरूलाई अभियोगपत्र संशोधनका लागि निकास दिने निर्णय गरेको थियो। सोही क्रममा २०८२ माघ २ गते ‘त्रुटि सच्याई’ भन्दै विचाराधीन मुद्दाका सबै प्रतिवादीविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरिएको उल्लेख जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आफ्नो लिखित जवाफमा गरेको छ।

तर, महान्यायाधिवक्ताको कार्यालयले अदालतमा पेश गरेको लिखित जवाफमा माघ २ गतेको उक्त ‘टिप्पणी आदेश’ को प्रतिलिपि संलग्न नभएको देखिएपछि सर्वोच्चले सो कागजातसहित सम्बन्धित अन्य प्रमाणहरू अनिवार्य रूपमा झिकाउन आदेश दिएको हो।

उक्त कागजात झिकाएपछि २०८२ चैत ९ गते तोकिएको पेशीमा ‘हेर्न नमिल्ने न्यायाधीश बाहेकको इजलास’ समक्ष नियमअनुसार पेश गर्न अदालतले निर्देशन दिएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ५ : २८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ