१० चैत्र २०८२, मंगलबार | March 24, 2026

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन



सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट सन्देश दिएको छ । देशका नेता किम जोङ उनले आणविक शक्तियुक्त राष्ट्रका रूपमा आफ्नो स्थिति ‘अपरिवर्तनीय’ रहेको घोषणा गर्दै दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएका छन् ।

सर्वोच्च जनसभामा नीतिगत सम्बोधन गर्दै किमले शत्रु शक्तिविरुद्धको सङ्घर्षलाई अझ आक्रामक बनाउने बताए । उनले संविधानले दिएको जिम्मेवारीअनुसार आत्मरक्षात्मक आणविक प्रतिरोधलाई अझ विस्तार र सुदृढ बनाइने स्पष्ट पारे । उनका अनुसार उत्तर कोरिया अब आणविक शक्ति त्याग्ने दिशामा कहिल्यै जानेछैन ।

किमले अमेरिकाले इरानमाथि गरेको सैन्य कारबाहीलाई ‘राज्य आतङ्कवाद’ को उदाहरणका रूपमा उल्लेख गर्दै विश्वव्यापी रूपमा शक्ति प्रदर्शन गर्ने प्रवृत्तिको आलोचना गरे । संयुक्त राज्य अमेरिका र इजरायलले भने इरानमाथिको आक्रमण आणविक हतियार विकास रोक्नका लागि भएको दाबी गर्दै आएका छन्, तर तेहरानले त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ ।

वर्षौंको अन्तर्राष्ट्रिय प्रतिबन्ध र कूटनीतिक अलगावका बाबजुद उत्तर कोरियासँग दर्जनौँ आणविक हतियार र थप उत्पादन गर्न सक्ने सामग्री रहेको अनुमान गरिएको छ । यसले ठोस इन्धनयुक्त अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्रसहित उन्नत प्रक्षेपण प्रणाली विकास गरेको छ, जसले कम समयमै प्रहार गर्न सक्ने क्षमता राख्दछ । उत्तर कोरियाले हालसम्म छ वटा परमाणु परीक्षण गरिसकेको छ ।

हालै राज्य मामिला आयोगको प्रमुखका रूपमा पुनः नियुक्त भएपछि किमले दक्षिण कोरियाप्रति पनि कडा धारणा प्रस्तुत गरेका छन् । उनले दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रु राष्ट्र’ घोषणा गर्दै पूर्ण रूपमा अस्वीकार र बेवास्ता गरिने बताउनुभयो । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले बिना पूर्वशर्त वार्ताको प्रस्ताव बारम्बार गरे पनि प्योङयाङले त्यसलाई बेवास्ता गरेको छ ।

किमले आफ्नो देशविरुद्ध हुने कुनै पनि कदमको ‘निर्दयी’ जवाफ दिइने चेतावनी दिँदै कुनै हिचकिचाहट नराखिने उल्लेख गरे। उनका अभिव्यक्तिले कोरियाली प्रायद्वीपमा सुरक्षा चुनौती थप गहिरिने सङ्केत गरेको छ ।

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका विश्लेषक होङ मिनका अनुसार किमको पछिल्लो अभिव्यक्ति हालैका अमेरिकी सैन्य गतिविधिप्रति गहिरो चिन्ता झल्काउने सङ्केत हो । उनले इरान र भेनेजुएलासँग सम्बन्धित घटनाहरूले उत्तर कोरियालाई आफ्नो आणविक कार्यक्रम अझ अघि बढाउन प्रेरित गरेको विश्लेषण गरे।

यसैबीच, वासिङ्टनले पछिल्ला महिनाहरूमा प्योङयाङसँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने प्रयास गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच विशेषगरी बेइजिङ भ्रमणका सन्दर्भमा सम्भावित भेटवार्ताको चर्चा पनि चलिरहेको छ ।

किमले अमेरिकामाथि क्षेत्रीय सुरक्षालाई कमजोर बनाउने आरोप लगाउँदै आफ्नो देश वरपर आणविक रणनीतिक साधनहरूको तैनाथी बढाइएको बताए । उनले विश्वभर अमेरिकाले ‘आक्रामकता र हस्तक्षेप’ गरिरहेको आरोप पनि लगाए ।

राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा किमलाई औपचारिक पोशाकमा संसद्मा उपस्थित सांसदहरूको अभिवादन स्वीकार गर्दै गरेको देखाइएको छ । किम सन् १९४८ मा स्थापना भएको उत्तर कोरियाली शासनका तेस्रो पुस्ताका नेता हुन् र सन् २०११ देखि सत्तामा छन् ।

आर्थिक पक्षमा किमले औद्योगिक उत्पादन १.५ गुणाले वृद्धि गर्ने लक्ष्य लिएको बताएका छन्। उनका अनुसार पछिल्ला पाँच वर्षमा अर्थतन्त्रमा उल्लेखनीय प्रगति भएको छ र विभिन्न कठिनाइ पार गर्दै प्रमुख उद्योगहरूको पुनःसंरचना गरिएको छ ।

उनले आणविक कार्यक्रम कायम राख्दै पनि आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने दाबी गर्दै विरोधी शक्तिहरूको तर्कलाई खारेज गरे । साथै सन् २०२६ मा कुल बजेटको १५.८ प्रतिशत रक्षा क्षेत्रमा खर्च गरिने जानकारी पनि दिए। यो अघिल्लो वर्षभन्दा केही बढी हो ।

यसरी किमको पछिल्लो अभिव्यक्तिले उत्तर कोरियाले आणविक नीतिमा कुनै नरमी नदेखाउने र क्षेत्रीय तथा विश्व सुरक्षा सन्तुलनमा थप तनाव सिर्जना गर्ने स्पष्ट सङ्केत दिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ३ : ०४ बजे

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन