६ श्रावण २०८३, बुधबार | July 22, 2026

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै



काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले आज (चैत ११) श्रीलंका यू-२० फुटबल टोलीसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रँदै छन् ।

समूह ‘ए’ मा रहेको नेपाल एक खेलबाट ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । नेपालले उद्घाटन खेलमा भुटान यू-२० फुटबल टोलीलाई २-१ ले पराजित गरेको थियो ।

यता, श्रीलंका समान खेलबाट ३ अंकसहित समूहको शीर्ष स्थानमा छ । श्रीलंकाले आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्स यू-२० फुटबल टोलीलाई ३-२ ले हराएको थियो ।

नेपाल र श्रीलंकाबीचको खेल राष्ट्रिय फुटबल रंगशाला, मालेमा नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ ।

आजै हुने अर्को खेलमा समूह ‘ए’ कै भुटान र माल्दिभ्स पहिलो जितको खोजीमा आमनेसामने हुँदैछन् । दुवै टोली पहिलो खेलमा पराजित भएका कारण अंकविहीन अवस्थामा तालिकाको पुछारमा छन् ।

भुटान र माल्दिभ्सबीचको खेल पनि सोही रंगशालामा नेपाली समयअनुसार राति ९:४५ बजे हुने तालिका रहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ८ : २१ बजे

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको