२१ भदौ २०८३, आइतबार | September 7, 2026

साफ यू-२० च्याम्पियनसिप : नेपालको शानदार जित, भुटान ६-१ गोल अन्तरले पराजित



काठमाडौं । महिला साफ यू-२० च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले भुटानमाथि शानदार जित निकालेको छ ।

पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानविरुद्ध ६-१ गोल अन्तरको जित निकालेको हो । पहिलो हाफमा एक गोल गरेकी राईले दोस्रो हाफमा ह्याट्रिक नै गरिन् । खेलमा राईले व्यक्तिगत चार गोल गरिन् । यस्तै नेपालका लागि सेनु राईले दुई गोल गरिन् । पहिलो हाफमै उनले २ गोल गरेकी हुन् ।

पहिलो हाफमा ३ गोलले अगाडि रहेको नेपालले दोस्रो हाफको सुरुवातमै एक गोल खाएको थियो । त्यसपछि दोस्रो हाफमा पनि नेपालले थप तीन गोल गर्दै ६-१ को जित निकालेको हो ।

४ टोलीको सहभागिता रहेको च्याम्पियनसिप डबल राउन्ड रोबिनका आधारमा हुनेछ । सबै टोलीले एकअर्कासँग २ पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपाली टोली बुधबार राति बंगलादेश पुगेको थियो । बिहीवार प्रि म्याच कन्फ्रेन्समा नेपाली टोलीका प्रशिक्षक याम गुरुङले यसपटक च्याम्पियन बन्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : १९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त