५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपाली बजारमा ‘एथर रिज्टा एस’ आउँदै, ३ लाखभित्र मूल्य हुने संकेत



बुटवल । वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक स्कुटर ‘एथर रिज्टा एस’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार उक्त स्कुटर आगामी चैत १३ (मार्च २७) मा औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।

कम्पनीले एथर ब्रान्डप्रति बढ्दो आकर्षण र पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण नयाँ मोडलले नेपाली बजारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ । ‘एथर रिज्टा एस’ नेपाली परिवारको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको बताइएको छ, जसले दैनिक प्रयोगमा सहजता, प्रिमियम आराम र किफायती मूल्य प्रदान गर्ने लक्ष्य राखेको छ ।

ग्राहकहरूले केवल ९९९ रुपैयाँमै स्कुटर बुक गर्न सक्नेछन्, जुन पूर्ण रूपमा फिर्तायोग्य हुनेछ । प्रारम्भिक बुकिङ गर्ने ग्राहकहरूले विशेष परिचयात्मक मूल्यको लाभ समेत पाउने कम्पनीले जनाएको छ ।

प्राविधिक विशेषताअनुसार ‘एथर रिज्टा एस’ले एकपटकको चार्जमा १२३ किलोमिटरसम्मको रेन्ज दिनेछ । फास्ट चार्जिङ सुविधामार्फत छोटो समयमै थप दूरीका लागि चार्ज गर्न सकिनेछ । स्कुटरमा ३४ लिटर अन्डर-सिट स्टोरेज, ८० किमि/घण्टासम्मको गति, रिभर्स मोड, अटो होल्ड र पार्क असिस्टजस्ता सुविधाहरू समावेश गरिएका छन् ।

साथै, स्कुटरमा विस्तारित ब्याट्री वारेन्टीको सुविधा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ, जसले दीर्घकालीन विश्वसनीयता प्रदान गर्ने विश्वास लिइएको छ ।

वैद्य इनर्जी प्रालिका अनुसार ‘एथर रिज्टा एस’ चैत १३ गतेदेखि देशभर आधिकारिक रूपमा उपलब्ध हुनेछ र एथर एक्सपिरियन्स सेन्टरमार्फत बिक्री-वितरण गरिनेछ ।

हाल नेपाली बजारमा उपलब्ध स्कुटरहरू करिब ३ लाख २५ हजारदेखि ४ लाख रुपैयाँसम्म पर्ने गरेका छन् । तर, नयाँ मोडल भने ३ लाख रुपैयाँभित्रै उपलब्ध गराउने कम्पनीको तयारी छ ।

कम्पनीका ईसी इन्चार्ज पुजन बस्यालका अनुसार नयाँ स्कुटरले नेपाली बजारमा विद्युतीय सवारीप्रति आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ११ : ३० बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको