११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

फरक फरक जबरजस्तीकरणी मुद्धाका २ जना फरार अभियुक्त पक्राउ



कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फरक फर जबरजस्ती करणी मुद्धामा फार रहेका २ जना अभियुक्ताई पक्राउ गरेको छ । जबरजस्तीकरणी मुद्धामा सजाँय सुनाईएको १८ वर्ष देखि फरार रहेका एक जना तथा करणी मुद्दामा दोषी ठहरिएर ४ वर्ष देखि फरार रहेका अर्को एक जना गरी दुई जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्तीकरणी मुद्धामा जिल्ला अदालत कञ्चनपुरबाट ६ वर्ष कैद फैसला भएपछि २०५९ जेठ २५ गते देखि फरार रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय अभियुक्त जोगी धामी तथा जबरजस्तीकरणी मुद्धामा २ वर्ष ६ महिना कैद फैसला भएपछि २०७३ साउन २३ गतेदेखि फरार रहेका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय ज्ञान सिंह रानालाई कन्चनपुर प्रहरीले बुधबार पक्राउ गरेको हो ।

आआफ्नै घरबाट पक्राउ परेका दुवै प्रतिबादीहरुलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरी बुधबार नै अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : ३२ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि