१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना



काठमाडौं । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने ३८ जना घाइते भएका छन् ।

यस्तै, एक हजार ८०० जना घाइते भएका छन् । प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा तीन हजार ४८० वटा आगलागीका घटना भएका छन् । यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२, चट्याङ ४०६ र सर्पदशका ६०० घटना भएका छन् ।

यसैगरी, वन डढेलो २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र हिउँपहिरोका पाँचवटा घटना भएका प्राधिकरणले जनाएको छ । यस्तै, भूकम्पका सात, असिना, डुङ्गा पल्टेका दुई-दुई घटना हुँदा असिनासहित हुरी, शीतलहरका एक-एक घटना घटेका छन् ।

यसैगरी, यही चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म २६ वटा विपदका घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । एकै दिन नौ जिल्लाका १३ स्थानमा आगलागीका घटना भएका र विपदमा परी १० जना घाइते भएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ७ : ४५ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको