३ श्रावण २०८३, आइतबार | July 19, 2026

आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को पूर्वतयारीअन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेलि, ड्रोन र ¥याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने तयारी गरेको छ ।

विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्वारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्वसम्झौताबमोजिम हेलि, ड्रोन र ¥याफ्टिङ उपलब्धका लागि आग्रह गर्न लागको हो । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै २१ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी पूर्वतयारीलाई सुदृढ बनाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित विपद्को अवस्थामा तत्काल उद्धारका लागि काठमाडौं, इटहरी, भैरहवा र सुर्खेतमा नेपाली सेनाका चारवटा हेलिकप्टर तैनाथ रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग निजी क्षेत्रसँग हेलि, ड्रोन र ¥याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताए ।

गत साता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ, नेपाल, नेपाल ड्रोन सङ्घ र नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज् ९नारा०बीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो । वायुसेवा सञ्चालक सङ्घ, नेपालसँगको समझदारीअनुसार काठमाडौं उपत्यकाभित्र उडान गर्नुपरेमा निःशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नुपरेमा न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको छ ।

त्यसैगरी, नेपाल ड्रोन सङ्घसँगको समझदारीअनुसार विपद्को समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निःशुल्क रूपमा ड्रोन र तत्सम्बन्धी उपकरण (पाइलटसहित) उपलब्ध गराउनुपर्ने सहमति छ । सो कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने उल्लेख छ । त्यसैगरी, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज् (नारा)सँगको समझदारीअनुसार विपद्को समयमा राफ्टको प्रयोग गर्न प्राधिकरणले आवश्यकदेखि माग गरेमा नाराले निःशुल्क रूपमा राफ्ट र तत्सम्बन्धी उपकरण (जनशक्तिसहित) उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

राफ्ट र जनशक्ति बाढी, डुबान तथा नदीजन्य विपद्मा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीलगायतका काममा प्रयोग गरिने समझदारी छ । यो समझदारी एक वर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिनेसमेत समझदारीपत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ८ : ०७ बजे

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा