५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई गलत साबित गरिदिएको बताएकी छन् ।

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले निर्वाचन मार्फत परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिएको बताइन् ।

उनले युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षा बमोजिम सुशासन,रोजगारी सिर्जना, भ्रष्टाचारको अन्त्य,आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी काम गर्ने विश्वास लिएको बताइन्।

प्रधानमन्त्री कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी रहेको बताइन् । ‘६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ,’ उनले भनिन्, ‘अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु ।’

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ८ : ४३ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही